देउखुरीका स्थानीयले जाेगाए लुम्बिनी प्रदेश भवन
दाङ– लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद परिसर स्थानीय आन्दोलनरत पक्षले जनताको करबाट बनेको भौतिक संरचना भएको भन्दै सुरक्षित राखेका छन्।
नारा–जुलुससहित प्रदर्शन गरे पनि भौतिक संरचनामा क्षति भने पुर्याएनन्। जनताको करबाट बनेको संरचनाले कुनै गल्ती नगरेको भन्दै आन्दोलनरत पक्षले नै संरचना जोगाएका हुन्।
‘यी संरचना हामीले तिरेको करले ठडिएका हुन्। यसलाई जोगाउने जिम्मेवारी पनि हाम्रो हो,’ स्थानीय भिसुन शाहीले भने, ‘कसैले बाहिरबाट भीड लिएर आए पनि हामीले यहाँ पस्न दिँदैनौँ।’
मंगलबार स्थानीय युवाहरू धर्ना दिन प्रदेश राजधानी परिसरमा पुगेका थिए। उनीहरूले संघीयता खारेज गरेर यहाँको संरचनालाई मेडिकल कलेज र कृषि अनुसन्धान केन्द्र बनाउनुपर्ने नारा लगाउँदै फर्किएका थिए। सुरक्षा निकायको उपस्थिती रहे पनि आन्दोलनरत पक्षले नाराबाजी र प्रदर्शन गरेका थिए। वैखरी
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam