जेन-जीकाे अडान– संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित
काठमाडाैं : जेन-जीले संसद विघटन हुनैपर्ने अडान दाेहाेर्याएकाे छ। साथै उसले निर्णय प्रक्रियामा आफूहरूकाे सहभागिता सुनिश्चित गरिनुपर्ने बताएकाे छ।
जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत यी दुई सर्तमा आफूहरू दायाँबायाँ नहुने स्पष्ट पारेकाे हाे। उसले भनेकाे छ, ‘हाम्रो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जीको सहभागिता सुनिश्चितता हो।’
जेन-जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। उनले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।
कार्कीले जेन-जीको माग, मर्म र भावना अनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडानसमेत राखेकाे बताइएकाे छ।
तर राष्ट्रपति रामचन्द्र पाैडेल र अहिले संसदमा भएका अधिकांश दलहरू भने यसकाे विपक्षमा छन्। आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानमा समर्थन जनाएका छन्। थाहा खबर
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam