स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने
काठमाडौं : दशैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।
निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दशैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ । थाहा खबर
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो
भदौ १३, २०८३
काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६…



ghanashyam