गौतम बुद्ध साझेदारी वनद्वारा विरुवा वितरण सुरु रेडियो विजयनगर
श्रावण १५ –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाको गौतम बुद्ध साझेदारी बन व्यवस्थापन समिति उज्ज्वलपुरले विरुवा वितरण सुरु गरेको छ । साझेदारी बनले विहिवारबाट विभिन्न जातका विरुवाहरु वितरण गर्न लागेको हो ।
साझेदारी बनले आफै उत्पादन गरी झन्डै १ लाख ४० हजार विरुवा निःशुल्क रुपमा वितरण कार्य सुरु गर्न लागेको छ । उक्त विरुवाहरु विजयनगर र कृष्णनगर पालिका जनताहरुले प्रत्यक्ष रुपमा साझेदारी बनबाट लाभ लिएका छन् ।
सगवन र टिक लगायत विभिन्न जातका विरुवाहरु वितरण कार्य भइरहेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनुभयो । यसरी सहज रुपमै साझेदारी बनले उपभोक्ताहरुलाई उपलब्ध गराएकोले विरुवा प्राप्त गर्दा लाभग्राहीले खुसी व्यक्त गरेका छन् ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


