भूकम्पले भत्किएका रसुवाका स्वास्थ्य संस्थाहरु अझै अस्थायी भवनबाटै सञ्चालन
रसुवा – रसुवामा भूकम्पले भत्किएका स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण नहुँदा अझै पनि अस्थायी भवनबाटै सञ्चालन भैरहेको छन् ।
२०७२ सालको भूकम्पले स्वास्थ्य संस्थाको भवन क्षति भएपछि तत्कालका लागि अस्थायी भवन निर्माण गरिएको थियो । स्थायी भवन निर्माणका लागि बजेट ढिलो आउनु, स्वास्थ्य संस्थासँग पर्याप्त जग्गा नहुनु र भौगोलिक विकटताको कारण निर्माणमा ढिलाइ भएको हो ।
रसुवामा ढिला गरी गत आर्थिक वर्ष २०७६/७७ देखि स्वास्थ्य संस्थाका स्थायी भवन निर्माणको काम सुरु भएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाका अनुसार गत्लाङ, बृद्धिम, डाँडागाउँ र यार्सा स्वास्थ्य चौकीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ का लागि जिल्ला अस्पताल रसुवासहित ७ वटा स्वास्थ्य चौकी निर्माणको लागि बजेट आएको कार्यालयले जनाएको छ । यो वर्ष सरमथली, हाकुबेसी, स्याफ्रुबेसी, भोर्ले, ठूलोगाउँ र राम्चेको स्वास्थ्य चौकी निर्माण सुरु हुनेछ ।
स्वास्थ्य संस्थाहरूको भवन समयमा नै निर्माण हुन नसक्दा गुणस्तरीय सेवा प्रवाहमा कठिनाइ, औषधि भण्डारणमा समस्या, सुत्केरी स्याहार कोठाको अभाव, बर्थिङ सेन्टर सञ्चालनमा कठिनाइ हुने गरेको गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेले बताउनुभयो ।
रसुवामा अहिले दुई वटा अस्पताल, १७ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


