राष्ट्रिय सेवा दलमा पूर्वउपरथी भण्डारी नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ ।
नेपाली सेनाको उपरथीबाट गत १२ कात्तिकमा अवकाश पाएका भण्डारीलाई प्रधासेनापति पूर्र्णचन्द्र थापाले एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
एनसीसी सेना मातहतको स्वयंसेवक विद्यार्थीको दस्ता हो । उनीहरुलाई विपद, उद्दार र अन्य अवस्थामा स्वयंसेवी रुपमा परिचालनका लागि तयार गरिन्छ ।
बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


