महोत्तरी : माेटरसाइकल दुर्घटनामा परि एककाे ज्यान गयाे, एक जना गम्भीर घाइते
महोत्तरी – महोत्तरीको गौशालामा सडकको बीचमा रहेको पार्कमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएकाे छ ।
गएराति गौशाला नगरपालिका-१ रामनगर सूर्तीविकास चाेकमा रहेकाे पार्कमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय अमर पाँचेको घटनास्थलमै ज्यान गएकाे हाे ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार दुर्घटनामा परि गौशाला ८ का १७ वर्षीय युवराज वलम्पाकी घाइते हुनुभएकाे छ । उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको छ ।
रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते
भदौ १६, २०८३
१६ भदौ, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार…


