प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुहुने भएको छ ।
डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिनुभयो ।
महासभामा नेपालको समय आएपछि ओलीले सम्बोधन गर्नु हुने लम्सालले बताउनुभयो । प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने उल्लेख छ ।
महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।
कांग्रेस इतर समूहको बैठक आज, १५ औँ महाधिवेशनको छुट्टै तालिका ल्याउने
भदौ १७, २०८३
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन…


