क्रिसमस र नयाँ वर्षमा एनसेलको ‘दामी क्यासब्याक’ योजना
काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएकोभन्दा बढी मेन ब्यालेन्स पाइने एनसेलले जनाएकाे छ।
यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्दा कम्तीमा अहिले पाइने ४९.०२ रुपैयाँभन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्न सकिन्छ । त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तीमा ९८.०४ भन्दा बढी १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबार (पुष ५) बाट लागू भएको छ र १५ दिनका लागि संचालनमा रहने एनसेलले जनाएकाे छ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ । ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याइएकाे कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीईफटी) तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा थप मेन ब्यालेन्सको लाभ लिन सकिने छ । यो योजना पुस १९ गते सम्म लागू हुनेछ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


