हुलाकी सडकमा ठेकेदारकाे मनपरि
राजपुर- दत्तपुर हुलाकि सडकमा ठेकेदारले मनपरि गरि रहेकाे पाईएकाे छ ।
हुलाकी सडक निर्माणमा स्थानियहरु पिडित भएका छन । राजपुर देखि दत्तपुर सम्माकाे हुलाकि सडक निर्माणका क्रममा सडक छेउको खेतको माटो उठाएर सडकमा हालि रहेकाे स्थानियहरू बताउछन ।
जबकी स्टिमेटमा अन्यन्त्र ठाउँबाट माटो खरिद गरेर ल्याउनुपर्ने भएपनि निर्माण कम्पनीले सडक निर्माण छेउकै खेतवाट माटो उठाएको जनाईएको छ ।
यसरी सडककै माटो उठाउनु नियम बिरपरित रहेको स्थानियले बताएका छन् । जिल्लकै मुख्य सडकको रुपमा रहेको उक्त सडक निर्माणमा निर्माण कम्पनीले गरेको बदमासीलाई स्थायिनहरुले खबरदारी गर्ने जनाएका छन् ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


