पश्चिम तराईमा बाक्लो हुस्सु, धेरै ठाउँको मौसम बद्ली
काठमाण्डौ – काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ।
काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
उहाँकाअनुसार आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद्ले बताएका छन् ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…


