भारतमा २४ घण्टामा ३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण, महाराष्ट्रमा आउँदो मे १ सम्म पूरै लकडाउन
काठमाण्डाै – भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १५ हजार सात सय २८ जना सङ्क्रमित भएका छन् । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । भारतमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे कुल सङ्ख्या एक कराेड ५९ लाख नाघेकाे छ ।
यस्तै २४ घण्टामा त्यहाँ कोरोनाका कारण दुई हजार एक सय दुई जनाको ज्यान गएको छ । याेसँगै भारतमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक लाख ८४ हजार नाघेकाे छ ।
गएकाे २४ घण्टामा एक लाख ७९ हजारभन्दा धेरै डिस्चार्ज भएसँगै अहिलेसम्म एक कराेड ३४ लाखभन्दा धेरै निकाे भएका छन् । भारतमा अहिले २२ लाख ८४ हजारभन्दा धेरै सक्रिय सङ्क्रितकाे उपचार भइरहेकाे छ ।
यसैबीच कोरोना भाइरसको सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूरै लकडाउन घोषणा गरिएको छ । महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ । त्यहाँ लकडाउन आउँदो मे १ तारिख अर्थात् १८ गतेसम्म रहने बीबीसीले जनाएकाे छ ।
महाराष्ट्र राज्यमा विवाह उत्सवमा अब २५ जनालाई मात्र सहभागी हुन भनिएको छ । यस्तै सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन भनिएको छ । सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ ।
भारतको महाराष्ट्रमा बुधवार चुहावट हुँदा अक्सिजन नपाएर २२ जना बिरामीको ज्यान गएको थियाे । भारतको महाराष्ट्रसहित केरला, उत्तर प्रदेश, दिल्ली, गुजरात लगायत राज्यमा कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेको छ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


