खुल्ला सीमा ः नेपाल फर्किनेहरु संक्रमित रोजगारीका लागि भारत गएका नेपाली नागरिक नेपाल फर्किनेक्रम बढ्यो

खुल्ला सीमा ः नेपाल फर्किनेहरु संक्रमित रोजगारीका लागि भारत गएका नेपाली नागरिक नेपाल फर्किनेक्रम बढेको छ । नेपालमा दैनिकी चलाउन हम्मे हम्मे भएकोले भारतको विभिन्न सहरमा नेपाली नागरिक रोजगारि गर्न पुगेका थिए ।

तर २०७६ चैतमा कोभिड १९ ले गर्दा भारतमा लकडाउन भए पछि नेपाली नागरिक नेपाल फर्केका थिए । नेपाल फर्कने क्रम बढदै गए पछि नेपालमा पनि कोभिड १९ को असर देखा परेकोले नेपालमा पनि लकडाउन गरिएको थियो । केहि समय नेपाल बसेर अवस्था सामान्य भएपछि फेरी नेपाली नागरिक रोजगारको लागि भारत तिर पुगेका थिए ।

अहिले कोभिड १९ को दोस्रो लहर चलि रहेको अवस्थाका भारतको अवस्था नाजुक भएको कारणले पुनं भारत पुगेका नेपाली नागरिकहरू नेपाल फर्कने क्रमः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका बाट दिनहु ३, ४ सय मानिस नेपाल भित्रि रहेका छन ।

आज नेपाल प्रवेश गरेका ८ जनाको एन्टिजो पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका ८ जना निजि साधान द्वारा घरमै आइसुलेशन बस्ने गरि नेपाल प्रवेश गराईएको छ ।

TOP