अवकाश पाएका तीन सय ५० स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन
काठमाण्डाै – नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
देशलाई आवश्यक परेको बेला उनीहरूलाई जुनसुकै बेला सेनाले बोलाउन सक्ने निर्णय भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले उज्यालोलाई जानकारी दिनुभयो । सेनामा रहेर काम गरी २०७२ सालपछि अवकाश भएका स्वास्थ्यकर्मीको सङ्ख्या झण्डै तीन सय ५० जना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…


