चार सांसद र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा काेराेना सङ्क्रमण पुष्टि
काठमाण्डाै – प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।
बुधवार (हिजो) सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी चार सय ८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


