नेपाल सुपर लिगमा ललितपुरकाे पहिलाे जित
काठमाण्डाै – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।
दशरथ रङ्गशालामा बिहीवार भएकाे पहिलाे खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।
जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलकाे भने पाँच खेलमा पाँच अङ्क छ ।
दाेस्राे खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो
भदौ १३, २०८३
काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६…


