नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने
यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ ।
नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।
नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत सहयोगका लागि अनुरोध गरिएको थियो ।
यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
यस्तै यूएईमा रहेका नेपाली समुदायले समेत नेपालका लागि सहयोग गर्न कोभिड १९ मातृभूमि सहयोग अभियान सञ्चालन गरिरहेका छन् । यहाँ रहेका सम्पूर्ण नेपाली सङ्घसंस्था तथा कार्यरत सबै नेपाली मिलेर नेपाली दूतावासको संरक्षणमा अभियान स सञ्चालन गरिरहेको दूतावासले जनाएको छ ।
अभियानबाट अहिलेसम्म १० लाख रुपैयाँ सङ्कलन भएको अभियानकर्ता नेपाल एसोसिएसनका महासचिव नरेश शेनले उज्यालोलाई जानकारी दिनुभयो ।
रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
भदौ १६, २०८३
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण…


