फुटबलको बन्द प्रशिक्षणमा डाकिएकामध्ये झण्डै आधामा कोरोना संक्रमण
काठमाडौं, १७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहान सामाजिक सञ्जालमार्फत् राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित गरेको सूचना जारी गर्यो । बन्द प्रशिक्षण नै रोक्नुको कारणबारे चासो भयो ।
एन्फाले अबको ६ दिनपछि प्रशिक्षण सुचारु हुने जनाएको छ । तर, त्यो पनि सम्भव हुने देखिएको छैन । राष्ट्रिय फुटबल टोलीमा खेलाडी छनोटका लागि ५० जना डाकिए । जसमध्ये झण्डै आधा खेलाडीमा कोरोना भाइरसको रिपोर्ट आएपछि समस्या आएको हो । केही अफिसियलमा पनि संक्रमण देखिएको छ ।
फुटबलको बन्द प्रशिक्षणका लागि डाकिएकामध्ये आधाभन्दा बढी खेलाडीलाई कोरोना संक्रमण भएपछि एन्फा गम्भीर भएको बुझिएको छ । संक्रमित खेलाडी र अफिसियलहरु आइसोलेसनमा बसेका छन् ।
रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
भदौ १६, २०८३
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण…


