वायु सेवा निगममा कर्मचारीले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खोल्यो
काठमाण्डाै – नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएकाे तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए ।
ताला खुलाउने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही कर्मचारी सामान्य घाइते भएका छन् । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पारिएको एक कर्मचारीले जानकारी दिएका छन् ।
कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ ।
निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो । प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता
भदौ १३, २०८३
१३ भदौ, काठमाडौं । भोटेकोशी भदौ १० गते हुँदा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक…


