व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना
काठमाडौं, साउन १२। अमर्यादित व्यापारिक क्रियाकलाप गर्ने व्यापारिक फर्मलाई सरकारले करिब सवा तीन करोड रूपैयाँ जरिवाना गरेको छ। बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण लगायत गलत व्यावसायिक क्रियाकलाप गर्ने फर्महरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन करोड ३३ लाख ७० हजार रूपैयाँ जरिवाना गरेको हो।
गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। ‘उपभोक्ता हित विपरीत अखाद्य वस्तु बिक्री वितरण गर्ने फर्मलाई कारबाही गरेका छौं,’ सेढाईंले भने, ‘अन्य चार हजार ४१ फर्मलाई सचेत गराउने तथा कारबाही गर्ने काम भएको छ।’
विभागले धेरै मूल्य लिने व्यापारीलाई दण्डित गरेको छ भने अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको छ। बजारमा हुने कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न विभागले अनुमगन गर्दै आएको जनाएको छ। कतिपय व्यावसायिक फर्मले साइन बोर्ड नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल प्रमाणपत्र नलिने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने गरेको पनि भेटिएको छ । कैफियता भेटिएको ठाउँमा सरसफाइ सुधार गर्न, भ्याट वा प्यान प्रमाणपत्र लिन निर्देशन दिने, स्पष्टीकरण सोध्ने काम गर्दै आएको छ।
विभागले दैनिक उपयोग्य वस्तु अन्तर्गत पानी, औषधी, मिठाइ, मासु, खाद्यान्न, पेट्रोलियम पदार्थ, दूध डेरी, तरकारी, फलफूल, होटल लगायतमा अनुगमन गर्दै आएको छ। खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, तेल, मासु, पानी, औषधी लगायत वस्तु तथा सेवाको समेत अुनमगन गरेको विभागको भनाइ छ।
गुणस्तरहीन सामान बेच्ने, चर्को मूल्य लिएर कालोबजारी गर्ने फर्मलाई कानुनी दायरामा ल्याएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका क्रियाकलापलाई दण्डित गरेका छौं,’ उनले भने, ‘दण्ड जरिवाना र प्रवद्र्धनात्मक काम गर्दै आएका छौं।’ विभागले कसूरको प्रकृति अनुसार दण्ड, जरिवाना गर्दै आएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


