मन्त्रिपरिषद विस्तार देउवा, दाहाल र यादवबीच निर्णायक छलफल सुरु
काठमाडौं, १८ साउन । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच निर्णायक छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरे छलफल सुरु भएको हो ।
प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद् विस्तारबारे ढिलाई गर्न नहुने भन्दै नाम दिन दाहाल र यादवलाई आग्रह गरेका थिए । माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइृ गर्न नहुने पक्षमा प्रधानमन्त्री देउवा पुगेका छन् ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


