शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग
३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन ।
कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई कोरोनाको खोप लगाई तत्काल पढनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
साथै, कोभिडको तेस्रो लहरको संकेत देखिएको हुँदा यसको पुर्व तयारी गर्नसमेत माग गरेका छन् । उनले १६५ वटै निर्वाचनमा कोभिड डेडिकेटेड वाड बनाउन समेत सरकारसँग आग्रह गरेका छन् । त्यसैगरी, कोभिड जितेका देशहरुसँग आफ्नो देशका स्वास्थ्यकर्मीहरुको अनुभव साटासाट गर्ने वातावरण मिलाउनसमेत उनले सरकारसँग माग गरेका छन् ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


