कांग्रेस नेता बद्री पाण्डेलाई गृह जिल्लामै कालोझण्डा
धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई गृहजिल्ला बाजुरामा कांग्रेसकै कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
बाजुरामा शनिबार जिल्लाका शीर्ष नेताको बैठक चलिरहेका बेला सभापति देउवा पक्षधर युवा र कार्यकताले कालो भण्डा देखाएका हुन् ।
केन्द्रीय सदस्य पाण्डेले क्रियाशील सदस्यता काटेको भन्दै नाराबाजीसहित उनीहरुले विरोध पनि गरेका छन् । त्रिवेणी नगरपालिका–४ का वडा सभापति जयबहादुर साँउदले नेता पाण्डेले बाजुराको त्रिवेणी नगरपालिका–१ देखि ९ वडा सम्मका कार्यकर्ताको क्रियाशील सदस्यताको नामावली काटिदिएकाले कालो झण्डा देखाएको बताए ।
त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले बाजुराबाट देउवा पक्षका क्रियाशील सदस्यता भएका व्यक्तिहरुको सूची केन्द्रीय सदस्य पाण्डेलाई पठाएको तर उनले काटिदिएको साँउदले बताए ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो
भदौ १३, २०८३
काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६…


