कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन
कपिलवस्तु । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् । तौलिहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कपिलवस्तुको १० वटै पालिकाका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले सरोकारवालबीच सहकार्य हुनु पर्ने बताएका हुन ।
बैठकमा हैजा र झाडापखाला हुनुको कारण, यसको रोकथाम र नियन्त्रणका उपाएबारे छलफल गरिएको इपिडमियोलोजी तथा महामारी ब्यवस्थापन शाखाका प्रमुख अमृत पोखरेलले जानकारी दिनुभयो ।
कपिलवस्तुको अवस्था थेरै नाजुक रहेको र झाडापखाला नियन्त्रण गर्न सबै स्थानीय तहहरुबीच सहकार्यको अवश्यकता रहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । झाडापखाला नियन्त्रण गर्न पालिकाको अवस्था विश्लेषण गरेर योजना बनाइने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको भनाइ छ ।
कपिलवस्तुको पाँचवटा पालिकामा झाडापखाला र चारवटा पालिकामा हैजाको प्रकोप फैलिएको छ ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam