एशियन लाइफ इन्स्योरेन्स चन्द्रौटा उप-शाखाद्धारा अभिकर्ता सम्मान तथा पुर्नताजगी कार्यक्रम सम्पन्न


सीता बेल्बासे, कपिलवस्तु ।
एशियन लाइफ इन्स्योरेन्स चन्द्रौटा उपशाखाले अभिकर्तालाई सम्मान तथा पुर्नताजगी कार्यक्रम सम्पन्न गरेको छ । एशियन लाइफ इन्स्योरेन्स चन्द्रौटा उप-शाखाले शिवराज ३ मा रहेको देउराली रिसोर्टमा शनिबार सम्मान तथा पुर्नताजगी कार्यक्रम गरेको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्थापनकालदेखि काम गर्दै आउनु भएका अभिकर्ता कमला न्यौपानेले आफुले गरेको आम्दानीको केही रकम भए पनि जम्मा गरी बचत गर्ने बानीले भबिष्यमा हुने विभिन्न समस्याहरु सजिलै हटाउन मद्धत हुने भएकाले जीवन विमा गर्नु अति नै आवश्यक रहेको बताउनुभयो ।

यस्तै एशियन लाइफ इन्स्योरेन्स बुटवल शाखाका प्रमुख विकास अधिकारीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पार्दै जीवन विमाबाट हुने फाइदा, भावी जीवनमा आउने विभिन्न समस्यालाई कसरी सहयोग गर्छ ? विमा किन गर्न आवश्यक छ ? भन्ने बारेमा बताउँदै एशियन लाइफ इन्स्योरेन्समा विमा गर्न आग्रह गर्नुभयो ।

विमा कम्पनीमा पहिलाको तुलना भन्दा अहिले मानिसले विश्वास गर्दै आएको बताउर्दै विमा गर्ने मानिसको दर बढेको बताउँदै अहिलेको आर्थिक जोहोले भोलिको लागि व्यापार, छोराछोरीको शैक्षिक क्रियाकलापमा सहयोग हुने हुँदा विमा आवश्यक रहेको एशियन लाइफ इन्स्योरेन्स चन्द्रौटा उप-शाखाका प्रमुख बावुराम घिमिरेले बताउनुभयो ।


अभिकर्ता राम मिलन थारुले एशियन लाइफ इन्स्योरेन्स राम्रो र उत्कृष्ट भएको कम्पनी भएकाले काम गर्न सजिलो भएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई हौसला बढाउनका लागि सम्मानसमेत गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

TOP