नेपाल बैंककाे अभियान : विद्यार्थीकाे बैंकिङ पहुँच
घनश्याम भर, चन्द्राैटा ।
नेपाल बैंकले देशभरि विद्यार्थीका लागि नयाँ अभियान सञ्चालनमा ल्याएकाे छ । नेपाल बैंकले वित्तीय साक्षरता तथा डिजिटल प्राेडक्ट प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट सेवा सुविधाहरूकाे साथ नयाँ प्याकेजसहितकाे कार्यक्रम सञ्चालनमा ल्याएकाे जनाएको छ ।
यसै कार्यक्रम अन्तर्गत कपिलवस्तुकाे शिवराज नगरपालिका- ५ मा रहेकाे नेपाल बैंक चन्द्राैटा शाखाले मंगलवार समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा विद्यार्थीकाे पहुँच बैंकिङ्ग प्रणालीमा पुर्याउने अभियान कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेपाल बैंक चन्द्राैटाका शाखा सहायक प्रबन्धक नवराज आचार्यले शुभ ज्ञान बचत खाता अन्तर्गत स्नातक तह विद्यार्थीकाे लागि नि:शल्क खाता खाेल्ने बताए । उनले बैंक खाता खाेल्ने विद्यार्थीलाई एनटीसीकाे सिम नि:शुल्क वितरण गर्नुकाे साथै ६ महिनासम्म भ्वाइस प्याक र डाटा प्याकेज बैंकले उपलब्ध गराउने जानकारी दिए ।
प्रबन्धक आचार्यले विद्यार्थीले डिजिटल प्राेडक्टकाे प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा विशेष जाेड दिएका थिए। सबै बहुमुखी क्याम्पसहरूमा विद्यार्थीकाे पहुँच बैंकिङ्ग प्रणालीमा पुर्याउने अभियानलाई सञ्चालन गर्ने उनले जनाए ।
यस्तै बैंकका सहायक प्रबन्धक कमल प्रसाद भण्डारीले नेपाल बैंककाे इतिहास बताउँदै बैंकको वित्तीय साक्षरतामा बैंकले गरेकाे प्रयासकाे बारेमा प्रकाश पारेका थिए ।

यसैबीच सहायक सुरज तिवारीले डिजिटल प्राेडक्टकाे प्रयाेगकाे बारेमा विद्यार्थीलाई विस्तृत रूपमा जानकारी गराएका थिए । बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे नेपाल बैंकले जनाएको छ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam