पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली, मेघ गर्जनसहित वर्षाकाे सम्भावना
काठमाण्डाै – अहिले पहाडी भूभागकाे माैसममा आंशिकदेखि सामान्य बदली रहेको छ । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले पहाडी भूभागको मौसम सामान्य बदली रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अरु ठाउँमा आंशिक बदली रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित समान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै भोलि प्रदेश १ को पहाडी भू–भागका थोरै र वाग्मती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते
भदौ १६, २०८३
१६ भदौ, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार…



ghanashyam