चितवनमा हावाहुरीले तीनजनाको मृत्यु, एक घाइते
चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो। यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढलेर अटोलाई थिचेको जानकारी दिए। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।
हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुख र पोल ढलेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन्।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam