ठगी आरोपमा कांग्रेस नेता गुप्ता पक्राउ
गौर : प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरेको छ। ठगी आरोपमा रौतहटको माधवनारायण नगरपालिका-५ मिठुअवा घर भएका नेपाली कांग्रेसका नेता नीतेश गुप्ता पक्राउ परेका हुन्।
नेपाली कांग्रेस मधेस प्रदेशका सदस्य समेत रहेका नेता गुप्तालाई काठमाडौँ जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखाले पक्राउ पुर्जी जारी गरी गुप्तालाई बुधबार काठमाडौँ महानगरपालिका वडा नं-९ सिनामंगलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। नेता गुप्तामाथि राजिनन्द साहले ठगी आरोपमा जाहेरी दिएपछि गुप्तालाई पक्राउ गरिएको प्रहरीले बतायो।
अपाङ्ग समेत रहेका नेता गुप्तालाई राजनीतिक प्रतिशोध साधन सो ठगी मुद्दाको दिएको हुन सक्ने कांग्रेसका एक नेताले बताए। पक्राउ परेका गुप्तालाई बिहीवार रौतहट ल्याइएको छ। गुप्तालाई रौतहट प्रहरीको हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam