माधव नेपाल योगेश भट्टराईको शुभकामना, दुईसय वर्ष बाँचेर पदमा रहिरहनुहोस्

काठमाडौं :  नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई २ सय बाँचेर पदमा रहिरन शुभकामना दिएका छन्।

माधव नेपालको आलोचना गर्दा एकीकृत समाजवादीका कार्यकर्ता तल्लो स्तरमा उत्रिएर गाली गर्न थालेपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।

काठमाडौंबाट धनगढी जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका सचिव भट्टराईले त्यहीबाट सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ। अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले वहाँ कै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरुको चित्त दुखेछ माफ गर्नुहोला  तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन। अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु, “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

यस्तो छ भट्टराईको  स्टाटस  

कमरेड माधव नेपाल र म ! 
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी   गरेनौ। अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए।

समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला  तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन। अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु ( “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा 
१.
पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ। त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु।  

२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु। वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ।  

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनjदका पक्षमा खुल्नु भएको हो। हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ। 

४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो। मेरो समर्थन वहाँलाई थिएन। 

५. सातौं महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो। मेरो समर्थन वहाँलाई थियो।  

६. आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो। हामी वहाँसँग लागेनौ। 

७. नवौं महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौँ। जित्नु भएन।

८. प्रधानमन्त्री केपी ओलीविरुद्धको अबिश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने। त्यसमा मलाई पछुतो छैन।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। वहाँ पार्टीको महासचिब। वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो। वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिए।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरूले मलाई ब्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरूप्रति मेरो सदा सम्मान छ। र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु। म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन।  

पुनश्च: कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होईन।  

२०७९ जेष्ठ १३ गते बिहान काठमाडौं- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण।

TOP