जन्ती लिएर आएकाे जीपले ठक्कर दिँदा सप्तरीमा १ जनाकाे ज्यान गयाे
सप्तरी – सप्तरीमा आज साेमवार जीपको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । डाक्नेश्वरी नगरपालिका १ कबिलासाको भित्री सडक खण्डमा जन्ती लिएर आएको बा १८ च ९३९० नम्बरको जीप पछाडि गर्ने क्रममा ठक्कर दिँदा एक पैदलयात्रीकाे ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा त्यही ठाउँका ५० वर्षीय रघुवीर राम रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतककाे शवकाे पाेस्टमार्टम भएकाे र ठक्कर दिने जीपका चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam