कपिलवस्तुमा चट्याङ लागेर किशोरीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका वडा नम्बर २ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताउनुभयो ।
बिहान खेतमा धान रोप्न गएकी थारुलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको संजीवनी अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
भदौ १६, २०८३
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण…



ghanashyam