कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए।
भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो।
कांग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ। स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै छ।
आजको पदाधिकारी बैठकमा भ्रातृ संस्थाको विधानबारे पनि छलफल हुने बताइएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam