अन्डरग्राउण्ड पार्किङ प्रयोगमा ल्याउन काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराएका भवनका पार्किङ अन्य प्रयोजनका लागि प्रयोग भएको गुनासो आएको भन्दै ३५ दिनभित्र पार्किङ प्रयोगमा ल्याउन सूचना जारी गरेको छ।

सोमबारै उपत्यकाको अधिकांश ठाउँका अण्डरग्राउण्ड पार्किङमा पार्किङ नभएर अन्य प्रयोजनको लागि प्रयोग हुने गरेको प्रतिवेदन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको थियो। महाशाखाका अनुसार त्यसमा डिस्को, शो रुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामजस्ता कार्यमा प्रयोग भएकाले पार्किङ व्यवस्थापनमा चुनौति भएको छ।

महानगरको शहरी व्यवस्थापन विभागले आज एक सूचना निकालेर नक्सा स्वीकृत प्रयोजनविपरीत भवन प्रयोग गरेको पाइएमा महानगरबाट प्रदान गरिने सेवा नदिने चेतावनी घरधनीहरूलाई दिएको छ।

TOP