आजको मौसम : चार प्रदेशमा वर्षा
काठमाडौं : बागमतीसहित प्रदेश १, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै पानी परिरहेको छ।
काठमाडौं उपत्यकाका धेरै स्थानमा गएराति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै अहिले नवलपरासी पूर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ। दुम्कौलीमा पछिल्लो ३ घण्टामा ८० मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने विभागको आँकलन छ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam