कपिलवस्तुमा टुट्यो एमाले गठबन्धन, नेता यादव काँग्रेसका उम्मेदवार
कपिलवस्तु । कपिलवस्तु जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवारी मनोनयन दर्ता भएको छ । यद्धपी जिल्लामा एमाले र जसपा गठबन्धन टुटेको छ । केन्द्रिय सहमती गरेको कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख र ३ को ख जसपाको भागमा परेको भए पनि एमालेले ति दुवै क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार उठाए पछि गठबन्धन टुटेको हो ।
यस अघि एमाले जसपा गठबन्धनको बिषय सँग अन्तुष्ट रहदै आएका लुम्बिनी प्रदेशका जसपा संसदिय दलका नेता समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादवले जसपा परित्याग गरेका छन । उनी नेपाली काँग्रेस पार्टीबाट कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन ।
उता एमालेले जसपाका लागी छुट्याईएको सो निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट मधुसुदनशरण चौधरी र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को ख मा रजाउ मुसलमानलाई मनोनयन गराए पछि जसपाले पनि निर्वाचन क्षेत्र नम्बर १ को ख), २ को ख) र ३ को ख)मा प्रदेश सभामा उम्मेदवारको मनोनयन गराएको छ ।
निर्वाचन क्षेत्र न. १ मा पाच दलिय गठबन्धनका उम्मेदवार नेकपा माअाेवादिका चक्रपाणी खनाल (बलदेव) ले उम्मेदवारि दिएका छन भने नेकपा एमाले बाट बलराम अधिकारीले उम्मेदवारि दर्ता गराएका छन । गठबन्धनका उम्मेदवार विरूद्ध नेपाली कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय गजेहडा पुगेका गुरुङले गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बदलेव) विरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेस नेतृत्वको गठबन्धन, एमाले, लोसपा, राप्रपा र स्वतन्त्र उम्मेदवारले प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन । निर्वाचन क्षेत्र न. ३ मा नेपालि काग्रेसबाट अभिशेष प्रताप शाह,नेकाप एमाले बाट मंगल प्रसाद गुप्ता,जनता प्रगतिशिल पार्टिबाट इश्वर दयाल मिश्र,राप्रपाबाट प्रकाश रजाैरिया, जनमत पार्टिबाट नरसिंह चाैधरी लगायत स्वान्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।
काँग्रेस नेतृत्वको गठबन्धनले प्रतिनिधीसभामा उम्मेदवारी दिएका दलका उम्मेदवारले आफुहरुले बुद्धस्थल कपिलवस्तुको बिकासलाई प्राथमिकता दिने उद्धेश्यले उम्मेदवारी दिएको बताए ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो
भदौ १३, २०८३
काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६…



ghanashyam