पार्टीभित्र नातावाद मौलाएकोप्रति माओवादी नेतृ देवी खड्काको आक्रोश
काठमाडौं : दोलखाको सत्तारुढ गठबन्धनले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रभित्रको विवाद छताछुल्ल भएको छ।
पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै जिल्ला इन्चार्जको पदबाट राजीनामा दिएकी नेतृ देवी खड्काले सार्वजनिक कार्यक्रममै आक्रोश पोखेकी हुन्।
मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा उनले पार्टीको निर्णयप्रति गम्भीर बिमति रहेको स्पष्ट पार्दै त्यस विरुद्ध विद्रोह गरेको बताईन्। पार्टीभित्र नातावाद मौलाएकोप्रति आक्रोश पोख्दै उनले भनिन्, ‘बाहिरपट्टि श्रीमती च्यापेर, देब्रेपट्टि बहिनी राखेर, एकापट्टी गुटको अर्को महिला च्यापेर आजीवन सत्तासीन रहीरहने नवराजा र नवरानी प्रवृत्तिविरुद्ध देवी खड्काको विद्रोह हो।’
पार्टीभित्र विकसित नातावादको विरोध गरिरहँदा उनीमाथि दोलखा माओवादीको राजनीति आफ्नो परिवारमा सीमित गरेको आरोप छ। उनले निवर्तमान सभामुख एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटाप्रति संकेत गर्दै दोलखाको माओवादीलाई जुधाएर पार्टी अध्यक्षको प्यारो हुन खोज्ने विरुद्धपनि विद्रोह गरेको बताईन्।
रितबहादुर खड्काको हत्या घटनासँग जोडेर उनले, रितबहादुरसँगै रहेका अग्नि सापकोटा कसरी बाँच्यो ? भन्ने प्रश्नपनि दोहोर्याइन्।
कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्लास्तरीय नेता तथा गठबन्धनका उम्मेदवारहरूलाई मन्तव्य व्यक्त गरेका थिए।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam