बागलुङ : जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।
ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।
निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा यी सामान र कागजात फेला परेको प्रहरीले बताएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam