काठमाडौं : धनुषामा जन्ती बोकेको जीप र भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।  

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज ८२९३ नम्बरको विंगर जिप र ज १ च १४९६ नम्बरको भ्यान शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारमा ठोक्किएको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए। 

जीप चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षीय अब्दुल मन्सुरी, मुखियापट्टी मुसहरनिया ४ की २९ वर्षीया रुबी साह, महोत्तरीको रामगोपालपुर नगरपालिकाका १७ वर्षीया मञ्जु साह र उनकी बहिनी १३ वर्षीया सृजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको पहिचान हुन नसकेको डीएसपी रायले बताए।

घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको डीएसपी रायले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TOP