काठमाडौं : नेपाली काँग्रेसका महिला सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्छ भनेकाले जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली काँग्रेसले नै गर्नुपर्नेमा जोड दिएका हुन्।
उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूलो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए।
प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रमा पौडेलले अबको सरकार नेपाली काँग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गरिन्। उनले गठबन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरूले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताइन्।
उनले गठबन्धनले भोलिको लागि भागबण्डा भन्दा पनि तत्कालको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताइन्।
सांसद पौडेलले नेपाली काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यीबाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदमा गठबन्धनमा आवद्ध दलहरूसँग भागबण्डा हुने बताइन्।
सरकार गठनका सिलसिलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीका सांसदहरुले लगातार भेटिरहेका छन्।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam