दक्षिण कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाण्डाै – दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरुलाई वितरण गरिएकाे छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट ल्याइएका होलिस्टिन फ्रिजन जातका गाई सिन्धुलीकाे कमलामाई नगरपालिकाका किसानलाई वितरण गरिएको हो ।

दक्षिण कोरियाबाट दुई पटक गरेर ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ ।

यी गाई पौष ७ गते कोरियाली सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेकाे थियाे । उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ । नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले जनाएकाे छ । 

हेफर इन्टरनेशनल नेपालका भेटेरेनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभइ नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याइएको बताउनु भयो । उहाँले दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताउनु भयो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताउनु भयो।

उहाँले नेपालमा रहेको ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताउनु भयो । डा श्रेष्ठले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताउनु भयो । उहाँले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको बताउनु भयो । उहाँले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताउनु भयो । उहाँले दूधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा,स्वास्थ्य र पालनपोषणमा भर पर्ने बताउनु भयो । उहाँले कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागको रहेको छ । नेपालमा भएका ७३ लाख गाईहरुमा उन्नत होस्टल, जर्सी गाईको संख्या २० प्रतिशत रहेको छ । नयाँ प्रजातिका गाईहरु ल्याउँदैमा स्थानीय गाईहरु लोप हुन्छन् भन्ने हुँदैन । पछिल्लो समय अछामी गाई, मुस्ताङका लुलु गाईको संख्या कम हुँदै गएको छ ।’

उहाँले नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताउनु भयो । उहाँले भन्नुभयाे ‘ अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवांशिक स्रोतहरुको संरक्षणमा काम गरिरहेको छ । पशुपालन गर्दा पशुहरुको आर्थिक रुपमा मूल्य हुनुपर्छ । अहिले डेरी उद्योगहरु चल्न नसक्नुमा उत्पादन लागत बढी हुनु हो । त्यसो भएकाले नेपालमा दूधको उत्पादकत्व बढाउनु छ । दूधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता हुनुपर्छ । आहारा, स्वास्थ्य र पालनपोषणमा भरपर्छ ।’

नेपालमा पनि त्यो जेनेटिक पुललाई न्युकलेस हटको रुपमा स्थापना गरे अबको लागि गाईको एनएलबीओलाई चाहिने कोरियन साँढेहरुलाई कोरियन गाईहरुबाट जन्मेको बाच्छोहरुलाई बिल्डिङ कार्यालय पोखरा र लहानमा लगेर सिमेन सङ्कलन गर्ने र राष्ट्रिय क्याटल हटलाई जेनेटिभ सुधार गर्ने उद्देश्य रहेकाे उहाँले बताउनु भयाे ।

‘कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका गाई हुन् । यसलाई न्युकलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढेर किसानले पाउने सुविधा एउटा छ । हाम्रो मुख्य उद्देश्य भनेको राष्ट्रिय बिल्डिङ कार्यालयहरुले सिमेन उत्पादन गरेर देशभरको गाईमा एआईको लागि पठाउने हो । त्यो सिमेन उत्पादन उच्च बुलबाट हुनुपर्छ । त्यो भए मात्रै गाईहरुको वंश सुधार हुन्छ । तर सिमेन उत्पादन उच्च बुलबाट उत्पादन सिमेनको अभाव रह्यो । कोरियाको गाईले अहिले प्रतिदिन ३२ लिटर रहेको छ ‘उहाँले भन्नुभयाे ।

डा.श्रेष्ठले किसानलाई तालिम समेत दिएको बताउनु भयो । उहाँले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आबद्ध गरेर गाई वितरण गरिएको बताउनु भयो । उहाँले किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि, स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताउनु भयो । डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटेरेनरी डाक्टर खटाउने बताउनु भयो।

उहाँले सिन्धुलीका किसानको उत्साह देखेर, नगरपालिकाको प्राविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाण्डौको बजारमा सहज रुपमा दूध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताउनु भयो । उहाँले सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरुको उत्साहको कारण पनि छनोट गरिएको बताउनु भयो ।

गाईहरूलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (बीर्य) पनि कोरियाबाटै प्राप्त‍ भएको छ । यी गाईहरुले एक बेतमा ८ देखि १६ हजार लिटर दूध दिन सक्ने बताइएकाे छ । 

TOP