गुल्मीमा भीरबाट लडेर एकको मृत्यु
गुल्मी : गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam