उपराष्ट्रपति निर्वाचन : कसैको उम्मेदवारी फिर्ता भएन
काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारैजनाको नाम अन्तिम नामावलीमा राखेको छ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट दुईजना र जनमत पार्टीबाट एक गरी तीनजना भिड्ने भएका छन्। त्यसैगरी, विपक्ष दल नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।
त्यस्तै, जनमत पार्टीकी ममता झा, जसका रामसहायप्रसाद यादव र प्रमिला कुमारीले दिएको उम्मेदवारी कायम राखेको हो। उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ। मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam