भोटखोलाबाट चिनियाँ पक्राउ
संखुवासभा : संखुवासभाको भोटखोला गापा–१ स्थित किमाथांका नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। सोमबार दिउँसो उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले उक्त जानकारी दिएका हुन्। पक्राउ पर्नेमा झाङ ३४ वर्षीय चाङ यी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। निषेधित क्षेत्र पुगेका चाङलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।
उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि उनलाई अध्यागमन विभाग पठाइने प्रहरीले जनाएको छ। उनी किमाथांका नाका आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
चाङ रसुवागढी नाका हुँदै किमाथांका पुगेको खुल्न आएको छ। किमाथांका नाकाबाट सदरमुकाम खाँदबारी आइपुग्न ४ दिन पैदल लाग्छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam