राष्ट्रिय सभामा प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रमको जवाफ दिने


९ जेठ, काठमाडौं : राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज जवाफ दिएपछि राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

TOP