पूर्व-नगरप्रमुख विष्टमाथि अख्तियारमा मुद्दा दायर
धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। विष्ट एमालेका जिल्ला अध्यक्षसमेत हुन्।
महाकाली नदीबाट आर्थिक वर्ष २०७७–०७८ मा नदीजन्य वस्तुको राजस्व उठाउने ठेक्कामा मिलेमतो गरी राजस्व चुहावट गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam