बैंकबाट ऋण नपाउँदा गरिब आत्महत्या गर्न विवश छन् : प्रभु साह
१७ असार, काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्।
जनता बैंकबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले जनतालाई बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताएका हुन्।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकहरुबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन पनि सरकारको ध्यानाकर्षण गराए।
उनले गरिबबाट निक्षेप संकलन हुने तर केही मुठीभर मानिसहरुले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको पनि पटकपटक दोहोर्याए।
अध्यक्ष साहले भने, ‘देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन। मान्छे जानीजानी ठगिन बाध्य हुन्छ। ठगिने परिवेश कसले निर्माण गर्यो? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छन्। गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश बनाई दिने राज्यको निकाय र ती बैंक संचालकहरु के गरेर बसिराखेका छन्? मान्छेले सहज ढंगले बैंकबाट ऋण पायो भने यस्ता खालका कथाको जरुरत पर्दैन। मान्छेले ऋण नपाएर बाध्य भएर ठगिन पुगिराखेका छन्। त्यसकारण बैंकका ऋण जनताकहाँ पुग्न सक्नु पर्छ। आज हामी हेरिरहेका छौं–बैंकको ऋण मुठीभर मानिसहरुको हातमा छ।’
अध्यक्ष साहले निक्षेप संकलन भएकाले बैंकहरु खुशी भएपनि ऋण नपाउँदा गरिब जनता मारमा परिरहेको पनि स्मरण गराए।
‘निक्षेप पूँजी बढ्यो बैंकरहरु खुशी छन् तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन? मुठीभर मान्छेले पाउने तर आम जनता निरिह भएर, लाचार भएर ठगिनुपर्ने परिवेशलाई पनि ध्यानमा राखेर गरिनु पर्थ्यो।’
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam