महिला विश्व कप : डेनमार्कले चीनलाई हरायो

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा डेनमार्कले चीनलाई हराएको छ । अष्ट्रेलियाको  पर्थमा भएको खेलमा डेनमार्कले चीनलाई १–० गोलले हरायो ।

खेल बराबरीतर्फ गइरहेको अवस्थामा ८९औँ मिनेटमा भेन्सगार्डले गोल गरेर टिमलाई जिताइन् ।

जितसँगै समूह ‘डी’ को डेनमार्कले ३ अङ्क जोडेको छ । यसै समूहबाट हैटीलाई हराएको इङ्ल्याण्डले पनि ३ अङ्क जोडेको छ । 

TOP