भोलि बस्ने प्रतिनिधिसभाको यस्तो आयो कार्यसूची
१३ असोज, काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
यसअघि पटक-पटक सर्दै आएको राष्ट्रियसभाको बैठक भने असोज १८ गते बिहीबारका लागि तोकिएको छ। सरकारले संसद्लाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिब दुई साता विदेश भ्रमणमा गएकाले बैठक राखिएको थिएन।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam