बलात्कारको आरोपमा किशोर पक्राउ‚ किशोरी गर्भवती भएपछि बाहिरियो घटना
१३ कार्तिक, बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्।
बलात्कृत हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी रहेकी छन्।
किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
पक्राउ परेका किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ। पीडित किशोरी गर्भवती भएपछि बलात्कारको पोल खुलेको हो।
पक्राउ परेका किशोरमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam